लोसपामा १० जना पदाधिकारीको व्यवस्था, केन्द्रीय कार्यसमिति ४०१ सदस्यीय हुने

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टीको नौवटा केन्द्रीय संरचना हुनका साथै ४०१ सदस्यीय केन्द्रीय कार्यसमितिमा १० जना पदाधिकारी रहने छन् ।

लोसपाले निर्वाचन आयोगमा बुझाएको विधान अनुसार राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, सल्लाहकार समिति, केन्द्रीय विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखापरीक्षण समिति गरी पार्टीको नौवटा केन्द्रीय संरचना रहने छ ।



यस्तै, केन्द्रीय समिति ४०१ सदस्यीय हुनेछ भने १५१ सदस्यीय केन्द्रीय राजनीतिक समिति हुनेछ । २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति हुने व्यवस्था विधानमा गरिएको छ ।

एकल अध्यक्षीय प्रणाली रहेको लोसपामा दुईजना वरिष्ठ नेता छन् । आयोगमा बुझाएको विधानमा भने एक जना वरिष्ठ नेताको व्यवस्था छ । यस्तै, एकजना सहअध्यक्ष, एक–एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष रहने व्यवस्था विधानमा छ । निर्वाचन आयोगमा पठाएको विधानमा यी प्रावधान रहे पनि त्यसमा हेरफेर हुन सक्ने सम्भावना रहेको लोसपाका कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनलले बताए ।

सम्बन्धित समाचार