नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असाेज ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बागमती र प्रदेश १ सरकारको नेतृत्वमा आफूहरुको दाबी रहेको बताएका छन्। शुक्रबारमा एकीकृत समाजवादी पार्टी कार्यालय शुभारम्भ गर्दै अध्यक्ष नेपालले यसै हप्ताभित्र सरकार बन्ने बताएका हुन्।
‘बागमती प्रदेशमा पनि सरकार बनाउने तयारी छौं। प्रदेश १ मा पनि सरकार बनाउने छौं। आशा गरौं यो हप्ता भित्र हुन्छ’ अध्यक्ष नेपालले भने। नेकपा एमाले विभाजन गरी गठन भएको एकीकृत समाजवादीका बागमती प्रदेश सभामा १३ जना प्रदेश सभा सदस्य छन्।
नेकपा ९एमाले० का ५६ जना प्रदेश सभा सदस्यमध्ये १३ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका हुन्। १३ जना प्रदेश सांसदहरुले एकीकृत समाजवादी रोजेपछि एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यको वर्तमान सरकार अल्पमतमा परेको छ। प्रदेश एकमा नेकपा एमालेका ५१ सदस्य रहेका थिए जसमध्ये १० जना एकीकृत समाजवादी पार्टी लागेका थिए।

