नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (शुक्रबार) एक हजार ४०० रुपैयाँले ओरालो लागेको छ । बिहीबार रु ७०० घट्दै रु ९० हजार ५०० मा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ८९ हजार १०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन बिहीबार रु ९० हजारमा कारोवार भएकोमा आजका लागि भने रु ८८ हजार ६५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य बिहीबारको मूल्य भन्दा ३० रुपैयाँ घट्दै तोलाको रु १ हजार १७० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।