नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय यस्तो छ

मासिक भाडा तीन लाख

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । आज (शुक्रबार) बिहान मिनभवनमा अध्यक्ष नेपालले पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।

पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले यसै हप्ता भित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । त्यस्तै उनले बागमती र प्रदेश १ सरकारको नेतृत्वमा पनि आफूहरुको दाबी रहेको बताए । उक्त पार्टी कार्यालय ५ वर्षको लागि भाडाामा लिईएको नेताहरुले बताएका छन् । १५ वटा कोठाहरु रहेको भवनको मासिक भाडा तीन लाख रुपैयाँ रहेको छ । सो घरको मालिक पूजा थापा बस्नेत हुन् ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय यस्तो छ

उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित नेताहरू वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधरलगायतहरू उपस्थित थिए । नेकपा एमालेबाट विभाजन भई नेपाल नेतृत्वमा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय यस्तो छ

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय यस्तो छ

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय यस्तो छ

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय यस्तो छ

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय यस्तो छ

सम्बन्धित समाचार