यी तीनले गरे विभूषण नलिने घोषणा

पत्रकार हरिबहादुर थापा, कार्टुनिस्ट रविन सायमी र पूर्वमन्त्री पीएल सिंहले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवसका अवसरमा सरकारले थापालाई ‘सुप्रबल जनसेवाश्री’, सायमीलाई ‘प्रबल जनसेवा श्री’ र सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमा सायमीले पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर, हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’ सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए ।



त्यस्तै पत्रकार थापाले पनि सो विभूषण अस्वीकार गर्ने घोषणा गरेका छन् । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी हुन् ।

 

सम्बन्धित समाचार