वेस्टर्न युनियनको क्यास–उत्सवमा नगद जित्न सकिने

बडादशैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा ‘क्यास उत्सव’ प्रबद्र्धन योजना ल्याएको छ । यस योजनामा ग्राहकले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यस प्रबद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्टहरू एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक. र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।



सम्पूर्ण योग्य कारोबार स्वचालित रूपमा साप्ताहिक ड्रमा समावेश हुने छ । यो योजनाअन्तर्गत हरेक हप्ता पाँचजना भाग्यशाली विजेताहरूले रु. २०००० जित्नेछन् । यस बाहेक प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरू स्वचालित रूपमा बम्पर लक्की ड्रमा समावेश हुनेछन् । यो योजना असोज १ गतेबाट कार्तिक २५ गतेसम्म लागू गरिने छ । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिने छ जसमा १ जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ जित्न सक्नुहुनेछ । हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तानी गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

योजनाका बारेमा प्रकाश पार्दै वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भनेका छन् ‘वेस्टर्न युनियलाई विगत २ दशकभन्दा बढी समयदेखि ग्राहकहरूले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौं । नेपाली प्रवासीहरूको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरूको प्रियजनहरूका लागि हामीले दशैंको क्यास–उत्सव प्रबद्र्धन ल्याउन पाउँदा निकै उत्साहित छौं । यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुशी बाँड्दै हाम्रो ग्राहकहरूको लगनशीलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो ।’

 

सम्बन्धित समाचार