
संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको हो । भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक केही समयपछिका लागि बोलाएर एमालेसँग सहमति खोज्ने प्रयास गरे पनि ठोष उपलब्धी हुन सकेको छैन ।
संसदको अवरोध हटाउन सभामुख सापकोटाले सर्वदलीय बैठक आयोजना गरेका थिए । तर एमालेले भने बहिष्कार गरेको थियो । एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ ।
आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनले भने एमालेको नाराबाजीले कुनै असर नगर्ने बताएको छ । बजेट होलिडेको अवस्था चिर्न पनि केहीदिन एमालेलाई पेलेरै संसद् चलाउने तयारीमा सभामुख रहेका छन् ।
आजको बैठकको सम्भावित कार्यसूची :


