नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असाेज ।

नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । संसद् बैठक ११ बजे बोलाइएकोमा सो बैठक लम्बिएमा समय केही पर धकेलिन सक्ने बताइएको छ ।
यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको थियो । पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको हो । यही असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदै छ ।
केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार नै आफ्ना सुझाव दिएका थिए । आज बाँकी सदस्यहरूले सुझाव दिएपछि त्यसलाई पारित गरिने छ ।

