फेरि संसद विघटन हुन सक्ने प्रचण्डको संकेत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश फेरि प्रतिगमनतर्फ लाग्न सक्ने संकेत गरेका छन् । उनले गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजाने खेल भैरहेकाले यस्तो संकेत देखिएको बताएका छन्।

उनको पछिल्लो अभिव्यक्तिले फेरि प्रतिनिधिसभा विगठन हुनसक्ने र निर्वाचन घोषणाका लागि तयारी भैरहेको संकेत समेत गरेको छ । जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको अध्यक्ष निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सो बताएका हुन्। ‘हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसीसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन्,’ उनले भने।



राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउँदै उनले माओवादी शक्तिका बीचमा एकता र सहकार्य जरुरी रहेकोमा जोड दिए।

उनले माओवादी आन्दोलन र यसले उठाएका एजेण्डालाई राष्ट्रियरूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको बताए।

सम्बन्धित समाचार