नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।

सामजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्वयुवराज्ञी हिमानी शाहले छात्राहरुलाई राहत सामग्री वितरण गरेकी छन्।
आज (सोमबार) जनकपुरधाम स्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पूर्वयुवराज्ञी शाहले पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी हुन् । बोतल वितरणपछि पूर्वयुवराज्ञी शाहले विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तरक्रिया गरेकी थिइन् ।
अन्तरक्रियामा पूर्वयुवराज्ञी शाहले छात्राहरुको मुख्य समस्याको विषयमा बुझेकी थिइन् । पूर्वयुवराज्ञी शाहले हिमानी कोष भनेर एक संस्था नै खोलेकी छिन् । उक्त कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

