प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारबारे यस्तो भने

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकपछि संसद भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका हुन् ।

देउवाले भने, ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।’ मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको बेला देउवाले सरकारले अब चाँडै पूर्णता पाउँने बताए । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन् ।



सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले मन्त्रीको नाम दिन नसक्दा र मन्त्रालयको बाँडफाँट नहुँदा मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई भएको हो । त्यस्तै आजै सञ्चारकर्मीहरुसँग कुरा गर्दै जसपा अधय्क्ष उपेम्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

सम्बन्धित समाचार