आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

८ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३ हजार ८१७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र तीन हजार ३१ एन्टिजेन परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार ९५७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ५२ हजार १७० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमा २० हजार ८९१ जना होम आइसोलेसनमा छन् भने १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३७१ संक्रमित आईसीयूमा र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ र एन्टिजेन विधिबाट ८९ हजार ८८ जना पुगेको छ ।

सम्बन्धित समाचार