नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (मंगलबार) ३०० रुपैयाँले उकालो लागेको छ । सोमबार २०० रुपैया घट्दै रु ८८ हजार ९०० मा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ८९ हजार २०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन सोमबार रु ८८ हजार ४५० कारोवार भएकोमा आजका लागि भने रु ८८ हजार ७५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य आइतबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै तोलाको रु १ हजार १४० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ । तोलामा शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर सुन रु ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।