राज्यले दिने तक्माको विषयमा यसो भने भीम रावलले

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले राज्यले दिने तक्मामा पनि राजनीति भएको बताएका छन् । सोमबार एक ट्विट गर्दै रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गरिएको बताएका हुन् ।

त्यस्तै रावलले देश र जनताप्रति थोरै भएपनि जिम्मेवार हुन र लोकलाज तथा नैतिकताको ख्याल गर्न निर्णयकर्तालाई आग्रह गरेका छन् । ‘मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा, अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा! यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो।’ रावलले भने ।



रावलले ट्विटरमा लेखेका छन्, ‘मन्त्री राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा, अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा! यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो।निर्णयकर्ता हो,देश र जनताप्रति थोरै भएपनि जिम्मेवार होउ र लोकलाज तथा नैतिकताको ख्याल गर!’

रावलको ट्विट :

रावलको ट्विट :

सम्बन्धित समाचार