आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १३ हजार ६२२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ६२६ पीसीआर परीक्षणमा एक हजार ३६ जना र तीन हजार ९९६ एन्टिजेन परीक्षणमा २९४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ८३० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ५४ हजार जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ । जसमा २० हजार १६४ जना होम आइसोलेसनमा छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३३५ संक्रमित आईसीयूमा र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८६ हजार ५७७ र एन्टिजेन विधिबाट ८९ हजार ३८२ जना पुगेको छ ।

सम्बन्धित समाचार