नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने गठबन्धनको निर्णय

लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले अन्ततः एक मन्त्री थप्ने भएको छ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। खड्काको सपथ भोलि हुने भनिएको छ । आज नै अन्य मन्त्रीहरुको टुंगो लागाउने तयारी भैरहेको छ ।



प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ साढे ६ बजेदेखि छलफलमा जुटेकाछन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ।

सम्बन्धित समाचार