नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असाेज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा। नारायण खड्कालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले खड्काको नियुक्तिबारे राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ । राष्ट्रपति कार्यालयमा खड्काको शपथ अपरान्ह १ बजे हुने बताइएको छ ।
नेपाली कांग्रेसको विदेश विभाग प्रमुख रहेका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
आजै बेलुकी संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै खड्का अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

