ढलमा खसेर एक बालक बेपत्ता

काठमाडौंको कपनमा ढलमा खसेर १ बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मंगलवार राति ती बालक बेपत्ता भएका महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाको भनाई छ ।



स्थानीय र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

सम्बन्धित समाचार