को बने नेकपा (एकीकृत समाजवादी) को महासचिव ?

नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । आज (बिहीबार)सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको हो ।

एक नेताले भुसाललाई महासचिव बनाउने सहमति भएको भन्दै केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिने बताए । भुसाल सहित महासचिव पदमा मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दाबी गरेका थिए ।



मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

 

सम्बन्धित समाचार