यस्तो बन्दैछ नेकपा (एकीकृत समाजवादी) को टिम

नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्ने विषयमा सहमति जुटाएको छ । आज (बिहीबार)सचिवालयको बैठकले पदाधिकारीको विषयमा टुंगो लगाएको हो ।

बैठकले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो । जसमा एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको रहेका छन्म भने हासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएको एक नेताले जानकारी दिए ।



त्यस्तै सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको रहेका छन् भने मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । यसअघि पार्टीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल चयन भइसकेका छन् । आजै बस्ने केन्द्रीय केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस गर्ने तयारी रहेको छ । मंगलबार देखि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

 

सम्बन्धित समाचार