नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।

नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ । आज (बिहीबार) एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पदाधिकारीको विषयमा टुंगो लगाएको हो ।
बैठकले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बैठकले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो । जसमा एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल रहेका छन् भने महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन्
त्यस्तै सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ रहेका छन् भने मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । यसअघि पार्टीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल चयन भइसकेका छन् । मंगलबार देखि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिएको हो ।

