कहिले खुल्छ डुम्रे-बेसीसहर-चामे सडक खण्ड ?

बाढी, पहिरो लगायत विभिन्न कारणले बन्द भएका डुम्रे–बेसीसहर सडक खण्ड दशैँसम्ममा खुल्ने भएका छन् । लमजुङदेखि मनाङ जाने सडक भने खुलाउन समस्या रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । लमजुङदेखि मनाङ जाने सडक खण्ड नदीले बगाएकाले यो सडक खण्ड खुलाउन समस्या भएको हो ।

अन्य सडक भने खुलाउन काम सुरु भइसकेको छ । दशैँमा दुईतर्फी नै सडक खुलाउने गरी काम भइरहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए। सकेसम्म दुईतर्फी र नसके एकतर्फी रुपमा भए पनि सडक खुलाउने तयारी भइरहेको नेपालले बताए ।



यस्तै, सडक बन्द भइहाल्यो भने पनि तत्काल खुलाउनका लागि मेसिन तथा औजार तयारी अवस्थामा राखिएको पनि उनले बताए । खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने काम पनि तत्कालै सुरु गर्ने तयारी भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार