नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (शुक्रबार) ६०० रुपैयाँले ओरालो लागेको छ । बिहीबार ५०० रुपैया घट्दै रु ८९ हजार ६०० मा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ८९ हजारमा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन बिहीबार रु ८९ हजार १५० कारोवार भएकोमा आजका लागि भने रु ८८ हजार ५५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य बिहीबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै तोलाको रु १ हजार १६० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ । नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको हो ।