मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको छ । आज (शुक्रबार) रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’मा रकेको हो ।

आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालकोइजलासमा परेको निवेदन हेर्न नमिल्नेमा परेको सर्वोच्चले जानकारी दिएको छ । २७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् ।



जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिएको थियो ।

सम्बन्धित समाचार