आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

९ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १५ हजार ६९० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ५७५ पीसीआर परीक्षणमा एक हजर १०३ जना र पाँच हजार ११५ एन्टिजेन परीक्षणमा ३७३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ५५० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ५८ हजार ५०४ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ । जसमा १८ हजार ९६९जना होम आइसोलेसनमा छन् भने १ हजार ३१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३४७ संक्रमित आईसीयूमा र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ८९ हजार ८७२ र एन्टिजेन विधिबाट ९० हजार २८० जना पुगेको छ ।

सम्बन्धित समाचार