चुनावपछि एमाले भन्ने पार्टी टर्च बालेर खोज्नुपर्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने दावी गरेका छन् । शनिबार हेटौँडामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘एमाले पत्तासाफ हुने’ भन्दै आफ्नो पार्टी शक्तिका रुपमा उदाउने पनि दाबी गरे ।

‘हामी यो देशको महत्वपूर्ण शक्तिको रुपमा उदाउँदैछौं,’ नेपालले भने, ‘केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्न गइरहेको छ।’



नेपालले पाँच दलीय गठबन्धनको संरचना बनाउने र त्यसलाई आउँदो चुनावसम्मका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म विस्तार गर्ने पनि बताए। छिट्टै आफ्नो पार्टी सरकारमा सहभागी हुने उनको भनाइ थियो ।

सम्बन्धित समाचार