परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई महेश बस्नेतका भाईले भगाएपछि…

नेकपा एमालेको भातृ संगठन युथ फोर्स नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई युथ फोर्सका संस्थापक अध्यक्ष तथा एमाले नेता महेश बस्नेतका भाईले भगाएका छन् । महेशले सामाजिक सञ्जालमा भाई र बुहारीको फोटो पोष्ट गरेर बधाइसमेत दिएका थिए । तर विवाद बढेपछि महेशले उक्त पोष्ट डिलिट गरेका छन् ।

परशुरामकी कान्छीलाई महेशको १३ दिने दाजुभाइमध्येका एउटा भाइले कान्छी बनाएर घर भित्र्याएका हुन् । उनीहरु लामो समयदेखि लिभिङ टुगेदरमा रहेको युथफोर्स स्रोतले बताएको छ । कान्छी ल्याएपछि परशुरामले जेठीलाई हेलाँ गरेका थिए । अहिले कान्छीले छाडेपछि त्यही हेलाँ गरेकी जेठीसँगै बस्न थालेका छन् ।



आफ्नी कान्छी श्रीमती पछिल्लो तीन वर्षदेखि भक्तपुरका बस्नेतसँग लिभिङ टुगेदरमा बसेपछि परशुरामले पार्टीमा उजुरी हालेको चर्चा थियो । महेश र परशुरामबीचको कटुता र तिक्ततापूर्ण सम्बन्धलाई कतिपयले तिनै कान्छीको विषयसँग जोड्ने गरेका थिए ।

एमाले उच्च स्रोतका अनुसार उनले एक पल्ट शीतल निवासमा र पटक पटक बालुवाटारमा गएर बिलौना नै गरेका थिए । शीतल निवासमा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष परशुरामले भक्तपुरका बस्नेतले आफ्नो घरबार बिगारिदिएको भन्दै संझाइदिन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार