नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असाेज ।

कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको महाँकाल गाउँपालिकामा बागमती नदी किनारामा भेटिएको छ । गत सोमबार साँझ हजुरबुबासँग हिडिरहेको बेला ढलमा खसेपछि उज्ज्वल बेपत्ता थिए ।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले स्थानीयले शव देखेर खबर गरेपछि प्रहरी पुगेको बताइन् । अनुहार चिन्न नसकिने भए पनि उनले लगाएको शर्टमा कपन मावि लेखेको छ । अहिले शव भएको स्थानमा आफन्तलाई बोलाएर पहिचान गराउन लागिएको छ ।
कपन प्रहरीले पनि उज्ज्वलको शव भेटिएको पुष्टी गरेको छ । बच्चाको शव पुरै गलिसकेकोले थप पहिचानको लागि परिवारलाई बोलाइएको कपन प्रहरीले जानकारी दियो ।

