कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी काम गरेको बताएका छन् । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकको क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको पनि बताए । राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको आइतवार जवाफ दिँदै ओलीले एमालेसँग विचार र भिजनको कमी नभएको दाबी गरे । ओली भने, ‘फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन ।’



‘जनताको पक्षमा असाधारण काम भएका छन् । यो कुराको झलक राजनीतिक प्रतिवेदनमा छ ’ ओलीले भने । त्यस्तै ओलीले पार्टीको आर्थिक नीतिबारे व्याख्या गर्दै दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नेतिर आफ्नो पार्टीको विशेष ध्यान रहने बताए । ओलीले केन्द्रीय कमिटी महाधिवेशनपछिको सर्वोच्च निकाय भएकोले सदस्यहरूले उठाएका विषयलाई सम्बोधन गर्ने बताए ।

ओलीले केन्द्रीय सदस्यहरुलाई पार्टीसँग भिजन छैन भनेर नभन्न आग्रह पनि गरे । यस्तै ओलीले अहिले महाधिवेशनबाहेक अरु कुरातिर ध्यान दिन नसकिने अवस्था रहेको बताए ।

सम्बन्धित समाचार