चीनसँगको ‘सीमा समस्या अध्ययन समितिले बुझायो यस्तो प्रतिवेदन

नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन पेश गरेको छ । समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री खाणले विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवादसमेत दिएका छन् । अध्ययन प्रतिवेदन त्यस क्षेत्रको भू-भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्वपूर्ण हुने उनले बताए ।



प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजकसमेत रहेका सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएका थिए । मन्त्रिपरिषद् बैठकले भदौ १६ गते उक्त सीमा अध्ययनका लागि समिति बनाएको थियो ।

सम्बन्धित समाचार