परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, के भयाे कुराकानी ?

परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभाको ‘साइडलाइन वार्ता’ अन्तर्गत आइतबार समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

न्यूयोर्कमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको विषेश सम्बन्धलाई थप अगाडी बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री बन्ने वित्तिकै जयशंकले बधाई दिँदै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।



खड्काले यसअघि शनिबार बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका थिए। सो अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

सम्बन्धित समाचार