नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असाेज ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । सोमबार १० बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने जनाइएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ।
यसिअघि आइतबार सत्तत गठबन्धनको बैठक कसेको थियो। बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको थियो । यससँगै दलहरु मन्त्री छान्न व्यस्थ भएका छन् ।
माओवादीले ६ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । जसमध्ये जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । अव चार मन्त्री र एक राज्यमन्त्री माओवादीले पाउने छ ।
जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ ।
यता सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्नकै लागि आजै रातिबाट लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

