नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (सोमबार) ३०० रुपैयाँले उकालो लागेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन आइतबार स्थिर रहँदै रु ८८ हजार ५५० कारोवार भएकोमा आजका लागि भने रु ८८ हजार ८५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य आइतबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै तोलाको रु १ हजार १६० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।