एमसीसीविरुद्ध उन्नत समाज निर्माण नेपालको विरोध प्रदर्शन

उन्नत समाज निर्माण नेपालका अध्यक्ष राम नेपालीको अगुवाइमा संस्थाले माइतीघर मण्डलामा एमसीसीविरुद्ध एक विरोध सभाको आयोजना गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालीले एमसीसी देशको हितविपरीत भएकोले विरोधमा उत्रनु परेको जानकारी गराउँदै अगाडि भने ‘एमसीसीको सम्झौताका बुँदाहरू राष्ट्र हितविपरीत छन् । एमसीसी पास भयो भने नेपाल अमेरिकाको उपनिवेश बन्नेछ । देशमा अमेरिकी सेनाले राज गर्ने छन् । नेपाल सोमालिया र रुवाण्डा जस्तै बन्ने छ ।’



दुई ठूला देशका बीचमा रहेको नेपाललाई आफ्नो स्वार्थअनुकुल प्रयोग गर्न शक्ति राष्ट्रहरू लागिपरिरहेकाले नेपाली जनता सचेत हुन पनि अध्यक्ष नेपालीले आह्वानसमेत गरे । उनले अगाडि भने ‘देशका नेताहरू विदेशीका दलाल भइसकेका छन् । यो उदाहरण एमसीसीको घटनाले सबैका सामु छर्लङ्ग पारिसकेको छ । एमसीसी देशको लागि घातक छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि त्यसलाई पास गराउन लागिपर्नु नेताहरू बदनियत हो । राष्ट्रघाती एमसीसी सम्झौता पारित भएमा त्यसको कडा र सशक्त प्रतिवाद गरिने छ ।’

विरोध सभामा बोल्ने अन्य वक्ताहरूले समेत एमसीसीका विरुद्धमा आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार