नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असाेज ।

भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको मौसममा सामान्य परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।
यसैबीच विहीबार बिहान देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली भई एक दई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो भने देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा रही थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ। यो वर्षाको मनसुन बाहिरिन अझै केही समय लाग्ने मौसमविद्ले जानकारी दिएका छन् ।

