नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असाेज ।

काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको छ। महानगरीय प्रहरी परिसरका अनुसार बानेश्वर क्याम्पसनजिकै बागमती खोला किनारमा महिलाको शव फेला परेको हो।
महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले भने, ‘५० भन्दा माथि उमेरकी महिलाको शव भेटिएको हो, नाम वतन खुलिसकेको छैन।’ उनका अनुसार मागेर हिँड्ने महिला हुन्। बानेश्वरस्थित महानगरीय प्रहरी वृतका डीएसपी मिमबहादुर लामाको टोली अहिले घटनास्थलमा रहेको र अनुसन्धान गरिरहेको छ।
बागमती नदीले बगाएर ल्याएको र पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। शव अर्धनग्न अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

