नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असाेज ।
पछिल्लो समय एक र दुई रुपैयाका नोटहरु लोप भएका छन् । नेपाल राष्ट्र ब्याङ्कले ११ प्रकारका नोटहरू छपाइ गर्दै आएकोमा हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताएको छ।
तर रू १, २, २५ र २५० दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परेकोले ती नोटहरू छाप्न बन्द गरिएको नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन्। त्यसैले पनि यी नोटहरु बजारबाट लोप भएका हुन् ।
रू २५ र २५० दरको नोट स्मारिका नोटका रूपमा पहिलो पटक विसं २०५३ मा छापिएको थियो भने छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ।