नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।
पछिल्लो चौबीस घण्टामा नेपालमा एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ३६८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ११३ पीसीआर परीक्षणमा ८९८ जना र तीन हजार २५५ एन्टिजेन परीक्षणमा १६८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ९३८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ६६ हजार ६९६ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ । जसमा १६ हजार ८८१ जना होम आइसोलेसनमा छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३५४ संक्रमित आईसीयूमा र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९५ हजार ९५९ र एन्टिजेन विधिबाट ९१ हजार ७२१ जना पुगेको छ ।