मनसुन अझै सक्रिय, आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुन अझै सक्रिय रहेको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ ।

भारी वर्षाको पनि संभावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

सम्बन्धित समाचार