नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । छापावाल सुन शुक्रबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० कायम गरिएको छ, जुन शुक्रबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा शुक्रबार प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार १६० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।