नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असाेज ।

नेपाली कांग्रेसको विभिन्न हिमाली जिल्लाको अधिवेशन आजबाट हुँदैछ । १४ औं महाधिवेशनका अन्तर्गत कतिपय जिल्लामा वडा र गाउँ तथा नगर अधिवेशन पनि जारी छन् ।
वडा ,पालिका र प्रदेश अधिवेशन सम्पन्न भएका १५ वटा जिल्ला मध्ये मुस्ताङ्ग र रुकुम पूर्वको अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १३ जिल्लाको नेतृत्वका लागि जिल्ला अधिवेशन जारी रहेको निर्वाचन समितिले जनाएको हो ।
काठमाडौं जिल्लाका १ महानगर सहित १० पालिकामा आज पालिका अधिवेशनका लागि मतदान हुँदैछ । मोरङका १७ वटा पालिकामा सम्पन्न निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।
विराटनगर महानगर समितिको निर्वाचनमा दीपक चापागाई सभापतिमा विजयी भएका छन् । यसैगरी कटहरी गाँउपालिकामा रामकुमार कामत, बेलबारी नगरसमितिमा छत्र लिम्बु, बुढीगंगा गाउँपालिकामा जीत नारायण थापा विजयी भएका छन्

