राजकुमार लेखी एमालेमा प्रवेश गर्ने

राजकुमार लेखी एमाले प्रवेश गर्ने भएका छन् । गत बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखी आज (आइतबार) एमालेमा प्रवेश गर्न लागेका हुन् ।

आदिवासी जनजाती नेता लेखीसहितको टोलीलाई एमाले विधान महाधिवेशनमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ । एमाले प्रवेश गर्ने टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका थिए ।



लेखीले विज्ञप्तिमा भनेका थिए , ‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु ।’ राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा लेखी आवद्ध भएका थिए ।

सम्बन्धित समाचार