नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप्ने निर्णय गरिएको हो ।
यसअघि उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद रहने बताए । योसँगै अब एमालेमा पदाधिकारी संख्या १५ पुगेको छ ।
पौडेलले अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने जानकारी दिए ।

