नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

राजकुमार लेखी एमाले प्रवेश गरेका छन् । गत बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखी आज (आइतबार) एमालेमा प्रवेश गरेका हुन् ।
आदिवासी जनजाती नेता लेखीसहित ५५ जना एमाले विधान महाधिवेशनमा पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका थिए । लेखीले विज्ञप्तिमा भनेका थिए , ‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु ।’
राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा लेखी आवद्ध भएका थिए । एमाले प्रवेश गर्नेमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पो कार्यकर्ता पनि रहेका छन् ।

