एमालेमा ७० वर्षे उमेरहद कायमै

नेकपा एमालेमा ७० वर्ष उमेर हद कायमै रहने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा एमालेले ७० वर्ष उमेर हद कायमै राख्ने निर्णय भएको हो ।

७० वर्षे उमेर हदबारे व्याख्या गर्दै विधान संशोधन प्रस्ताव कार्यदलका संयोजक विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएमा कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने व्यवस्था गरेको बताए । पौडेलले भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’



७० वर्षे उमेरहद राखेपनि अध्यक्ष ओलीलाई अनुकूल हुने गरी व्याख्या गरेपछि उनका लागि अर्को कार्यकाल सुनिश्चित भएको छ । यस्तो अवस्थामा यसै वर्ष महाधिवेशन भएमा अब ओली अध्यक्षको उम्मेदवार बन्नेछन् । आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् ।

 

 

सम्बन्धित समाचार