नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने ३० वर्षीय मुकेश बिक रहेका छन् । सोही ठाउँस्थित द्वारखोला जंगलमा मुकेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
