डडेल्धुरामा कांग्रेसका देउवा र पौडेल पक्षबीच झडप

डडेल्धुरामा कांग्रेसको बृहत् कार्यकर्ता भेलामा झडप भएको छ। आइतबार दिउँसो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन्।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी कार्यक्रममा झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले कालो झण्डा देखाउन खोज्दा झडप भएको हो।



झडपपछि पनि कार्यक्रम भने जारी रहेको छ। जिल्ला सभापति कर्णबहादुर मल्ल र देउवाबीच बेलाबेलामा झडप हुने गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीभित्र कार्यकर्तामाथि गरिएको अन्याय तत्काल सच्याउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । देउवाको गृहजिल्ला डडेलधुरामा क्रियाशील सदस्यता विवादका विषयमा जारी आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै कोइरालाले डडेलधुराका इमान्दार कार्यकर्ताको आवाज बालुवाटारले सुन्नुपर्ने बताए ।

सम्बन्धित समाचार