नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असाेज ।

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।शुक्रबारदेखि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेशन आज सम्पन्न भएको छ ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफलका लागि विभिन्न समूह बनाइएको थियो । ती समूहले दिएका सुझाव पनि समेटिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आसन्न महाधिवेशनमा पुनः अध्यक्षको उम्मेदवार बन्ने संकेत गरेका छन् । उनले पार्टीलाई कसैले हल्लाउन नसक्ने बनाएर भावी पुस्तालाई जिम्मा लगाउने जिकिर समेत गरे ।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मधुकैटभ भनेर कटाक्ष गर्दै मधसकैटबले हच्काउन नसक्ने पार्टी बनाउने दाबी गरे ।

