दोलखामा कांग्रेस जिल्ला सभापति चुन्न पुन: मतदान हुने, पौडेल र सिटौला पक्षबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको दोलखा जिल्ला कार्यसमितिको नेतृत्व चयनका लागि फेरि निर्वाचन हुने भएको छ। सभापतिका ४ जना प्रतिस्पर्धीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण सबैभन्दा बढी मत ल्याउन २ प्रतिस्पर्धीबीच पुनस् चुनाव हुन लागेको हो। सभापति चयनका लागि आज निर्वाचन हुने जिल्ला अधिवेशन निर्वाचन समितिले जानकारी दिएको छ।

जिल्ला अधिवेशनमा खसेको सबै मत गन्दा बर्मा लामाले सबैभन्दा बढी ६४३ मत ल्याएका छन्। यस्तै, तारा खड्काले ३९७, रुद्र बहादुर खड्काले ३५८ र केशव चौलागाईंले ९५ मत प्राप्त गरेका छन्।



अब जिल्ला सभापतिका लागि बर्मा लामा र तारा खड्काबीच पुन: प्रतिस्पर्धा हुने भएको हो। सबैभन्दा बढी मत ल्याउन बर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन भने दोस्रो बढी मत ल्याउन तारा खड्का नेता कृष्ण सिटौला पक्षधर हुन्। देउवा पक्षका रुद्र खड्का भने सभापतिको दौडबाट बाहिरिएका छन्।

सम्बन्धित समाचार