सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुंग्याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज(मंगलबार) भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको हो ।

बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे आज छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव को उपस्थिति थियो ।



त्यस्तै बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने तयारी भएको बालुवाटार स्रोतले बताएको छ । नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री मात्र छन् । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ ।

सम्बन्धित समाचार